

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
आईतबार गाउँसभाको १७ औं अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष देवराज धरेलले ६४ करोड ९० लाख बजेट विनियोजन गर्नुभएको हो ।
जसमा संघिय समानिकरण अनुदान १३ करोड १३ लाख, सर्शत अनुदान २४ करोड८ लाख, विशेष अनुदान ६९ लाख, समपुरक अनुदान १ करोड ८७ लाख र राजश्व बाँडफाँड १० करोड ५१ लाख ९६ हजार रहेको छ ।
यस्तै प्रदेश तर्फ समानिकरण अनुदान १ करोड ३३ लाख ९७ हजार, सर्शत अनुदान २ करोड ५७ लाख, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान १ करोड ७८ लाख र राजश्व बाँडफाँड ३ करोड ३९ लाख ६० हजार रहेको छ ।
गाउँपालिका तर्फ घरजग्गा रजिष्टेन १ करोड, दहत्तर बहत्तर शुल्क १ करोड र बैक मौज्दात १ करोड २७ लाख,रोयल्टी ६० लाख र राजश्व १ करोड ४५ हजार रहेको छ ।
गाउँसभामा गाउँपालिका अध्यक्ष राजु उप्रेतीले कृषि तथा पशु विकास सेवा, पर्यटन क्षेत्र, सहकारी, उद्योग तथा वाणिज्य, संस्कृति प्रवद्धन, शिक्षा, स्वास्थ्य, रोजगारी, लगायतका विषयलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष उप्रेतीले जनभावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आधारित विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।
नीति तथा कार्यक्रममा लघु जलविद्युत परियोजना र ग्रामिण तथा नविकरणीय उर्जा प्रवद्र्धनको लागि सम्भाव्यता अध्ययन गरिने, प्रविधिमैत्री पालिका निर्माणको लागि गाउँपालिकाको डिजिटल भिलेज प्रोफाईल निर्माण गर्ने,करको दायरा फराकिलो बनाईने, कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यक्रम समावेश छन्।
हेर्नुहोस् पूर्णपाठ :
त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजित बजेट





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |