

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका–४ हिरक पार्कमा वृक्षारोपण गरिएको छ ।
मध्यपहाडी लोकमार्गको यात्राको क्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित शिलान्यास गर्नुभएको ऐतिहासिक महत्व बोकेको हिरक पार्कलाई व्यवस्थित गरि पूर्णता दिन वृक्षारोपण गरिएको हो ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार पार्क र आसपास क्षेत्रमा करिव चार हजार विरुवा रोपिएको छ ।
कपुर, असोक, ज्याक्रान्डा, कल्फी, सयपत्री, गोदावरी, असारे लगायत विभिन्न प्रजातिका फुलहरु सहित पार्कमा ३ सय विरुवा रोपिएको छ भने ४ सय ५० बाँस र ३ हजार अम्रीसो गरी करिव चार हजार विरुवा रोपिएको आचार्यले बताउनुभयो ।
सामुदायिक वन मार्फत स्टोर हाउस, कफी हाउस, पाले घर, टिकट घर, विश्राम स्थल बनाएर ऐतिहासिक १५ कोषलाइ समेटेर विकास गर्ने भन्दै उहाँले मध्यपहाडी लोकमार्गको माइलस्टोन बनाउने लक्ष्य रहेको बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले निर्माणाधिन पार्कलाई व्यवस्थित गर्दै पूर्णता दिने बताउनुभयो। आशा गरेअनुसार वजेट नपरे पनि पार्कको पुनर्निमार्णले पूर्णता पाउने उहाँको भनाई छ ।
प्रधानमन्त्रीलाई पनि यो पार्क उद्घाटन गर्ने रहर रहेको भन्दै त्रिपाठीले वजेट कहिँकतैबाट विनियोजन गरेर पूर्ण गर्ने बताउनुभयो।
हनुमान ढोका र गोर्खा तरबारको विचमा रहेको यो १५ कोष ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । होमस्टे, पर्यटकिय दृष्टिकोण लगायतका हिसावले विकास गरि यहाँका उत्पादनको बजारीकरण र आर्थिक पाटोमा यस पार्कले जोड्नेछ,त्रिपाठीले भन्नुभयो ।
त्यस्तै नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले हिरक पार्कको संरक्षणमा पालिकाले हेरालु राख्नेदेखि हरेक क्षेत्रमा सहयोग गर्ने बताउनुभएको छ ।
हिरक पार्क पर्यटकिय दृष्टिकोणसँगै पालिकाबासीको आयआर्जनसँग पनि जोडिएको स्थल हो । सोचे जस्तो वजेट ल्याउन नसक्दा पूर्णता दिन समस्या भएको छ’ उहाँले भन्नुभयो– ‘पार्कको व्यवस्थापन तथा निर्माण कार्य सम्पन्न गर्न आन्तरिक श्रोत नभएपनि यसको प्रवद्र्धन गर्न स्थानीय सरकार लाग्नेछ ।’
१५ कोष विशेषत पृथ्वी नारायण शाहको पालामा हनुमान ढोकामा फुलपाती भित्र्याउने समयमा लमजुङ, तनुँह, गोर्खाका मानिसहरु काठमाडौ आउँदा जाँदा बाटो थकाइ मार्ने तथा खाजा खाने स्थल रहेको स्थानीयहरुको भनाई छ ।
बागमती प्रदेश सरकार अन्तर्गत पर्यटन विकास आयोजना हेटौडाको २८ लाख र डिभिजन वन कार्यालय धादिङको १० लाख रुपैयाँ गरि कुल ३८ लाख लागतमा निर्माणाधिन हिरक पार्क अन्तिम चरणमा पुगेको छ ।
तारा खसेको ढुंगा, चौरीको खुर भेटिएको लगायतका ऐतिहासिक महत्व रहेको स्थल हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |