

काठमाण्डौ । रसुवामा गएको मङ्गलवार आएको बाढीबाट ११ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो ।
अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन नसकेको घिमिरेले बताउनुभयो ।
बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ ।बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ ।
माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर आएको बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो ।
यस्तै २४ वटा कन्टेनर, छ वटा ट्रक र ४२ वटा विद्युतीय गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |