

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गमा रातको समयमा गाडी चलाउन नपाउने व्यवस्था भदौ १५ गतेसम्मका लागि थप गरेको छ ।
प्रशासनले यस अघि साउन महिनाभरको लागि रातको समयमा गाडी चलाउन रोक लगाएकोमा शुक्रबार सूचना निकालेर भदौ १५ गतेसम्म राति गाडी चलाउन नपाउने जानकारी गराएको हो ।
जिल्ला सुरक्षा समिति काभ्रेको शुक्रबार सम्पन्न बैठकले भदौ १ गतेदेखि १५ सम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न ठाउँमा जोखिम भएकाले गाडी चलाउन रोक लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |