

धादिङ । सिद्धलेक गाउँपालिका–१ को आयोजनामा श्रमदानमार्फत सडक सरसफाई कार्यक्रम संचालन भईरहेको छ ।
भदौ ६ गते डुम्रे खोला प्रतिक्षालय चोक देखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि–बाजगरा, बैठक डाँडा देखि धारापानि तर्फको लागि बैठक डाँडा र जल्कीनी गुम्बा–खनायोखर्क–पाउनेटार र बेल्टार तर्फ जल्कीनी चोक सडक क्षेत्र सफा गरिने वडा अध्यक्ष पेमा वाङग्याल लामाले जानकारी दिनुभयो ।
६ गते विहान ७ बजे श्रमदानमार्फत सञ्चालन हुने सरसफाई कार्यक्रममा वडा नं १ का स्थानीय बासिन्दा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, नागरिक समाज, आमा समूह, युवा क्लब, टोल विकास समिति, स्वास्थ्य स्वयंसेविका तथा संघ–संस्था लगायत इच्छुक महानुभावहरुलाई उपस्थितिका लागि वडा कार्यालयले आग्रह गरेको छ ।
श्रमदानले वडा भित्र सरसफाई र एकता बढाउन योगदान गर्ने वडा अध्यक्ष लामाले विश्वास व्यक्त गर्नुभएको छ ।
अभियानले वडाको सार्वजनिक स्थानलाई सफा राख्न, स्थानीय स्वामित्वको भावना बढाउन र सहकार्यको सन्देश पनि दिने वडा अध्यक्ष लामाले बताउनुभयो ।
यसअघि वडा कार्यालयले गत शनिबार डुम्रे खोला प्रतिक्षालय चोकदेखी वडा कार्यालय सडक अन्तर्गत नै जल्किनी सम्मको कालोपत्रे सडकमा सरसफाई गरेको थियो भने साउन ७ गते बुधबार नलाङ वैरेनी चोकदेखि अर्चले डाँडा हुँदै खनाल टारसम्मको कालोपत्रे सडक पनि श्रमदानमार्फत सरसफाई गरेको थियो ।
यस्तै शुक्रबार डुम्रे खोला सडक अन्तर्गत जल्किनी, शनिबार प्रहरी चौकी नलाङ वैरेनी र वैरेनी सामुदायिक भवन सरसफाई गरिएको थियो । फाईल तस्विर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |