

काठमाण्डौ । टप इण्ड टी–२० शृङ्खला अन्तरगत आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ ।
खेल अस्ट्रेलियाको पार्मस्टनमा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखी शुरु हुनेछ ।
नेपाल तेस्रो खेलमा मेलबर्न स्टार्स, दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो ।
प्रतियोगीतामा नेपालले अहिलेसम्म तीन खेलमा लगातार हार बेहोरिसकेको छ ।
प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् ।
प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।
अस्ट्रेलियामा टप एन्ड टी–२० शृङ्खलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ ।
आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |