

रसुवा । रसुवाको भूमिदेवी माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालयका १ सय ४२ जना छात्रछात्रालाई विद्यालय झोला तथा स्टेसनरी सामाग्री उपलब्ध गराइएको छ ।
आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नुवाकोट शाखाको समन्वय र समाजसेवी अनिता निगी तामाङ र आइ.एम.ई. लाइफ नुवाकोट शाखाका सिनियर एजेन्सी म्यानेजर एवं एमडीआरटी रोजिना घलेको सहयोगमा विद्यार्थीहरुलाई झोला र स्टेशनरी उपलब्ध गराइएको हो ।
वडा अध्यक्ष लालबहादुर लामा तामाङको उपस्तिथिमा मंगलबार भुमेदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट वितरण गरिएको आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि.का क्षेत्रीय प्रबन्धक सीताराम पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष तामाङले विद्यालयमा हुने यस्ता क्रियाकलापले विद्यार्थीहरूमा थप उत्साह जोश र जाँगर बढ्ने तथा मानिसलाई समाजसेवी भावना जाग्ने कुरा बताउनुभयो।
यसै बीच आइएमइ लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड क्षेत्रीय प्रबन्धक पौडेलले बीमा वर्तमान सन्दर्भमा आधारभूत आवश्यकता भएकोले महत्त्वपूर्ण प्राथमिकताका साथ ग्रामीण समुदायका व्यक्तिहरूलाई बीमाले अझै पनि पूर्णरूपमा समेट्न नसकेको कुरा बताउनुभयो। साथै आगामी दिनमा पालिका तथा वडासँग समन्वय गरी बीमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै अघि बढ्ने उहाँले बताउनुभयो ।
बीमा क्षेत्रमा लागेर समाजसेवाको भावनाले देशविदेशमा आफूलाई पहिचान बनाउन सफल रोजिना घलेले हजारौं परिवारलाई सुरक्षित गराउँदै आफ्नो आम्दानीको केही प्रतिशत रकम यसरी विद्यालयमा सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो।
सेवाभावका सहयोगी अनिता तामाङ जस्ता व्यक्तिहरूको सहकार्यले अझै अघि बढ्न प्रेरणा मिलेको घलेको भनाई थियो ।
मन्तव्यकै क्रममा मिस तामाङ २०१५ का दोस्रो रनर अप बन्न सफल अनिता तामाङले आफू अभावमा हुर्के पनि शिक्षाको उज्यालोबाट कसैले पनि वञ्चित हुन नपरोस् भनेर सन् २०१५ देखि निरन्तर रूपमा विद्यालयमा र अन्य सामाजिक संघसंस्थाहरूमा यस किसिमको सहयोग गर्दै आइरहेको बताउनुभयो ।
दुःख विपन्न र अभावमा हुर्केका बालबालिकालाई सहयोग गर्न पाउँदा आफ्नो मन प्रफुल्लित भएको र आगामी दिनमा समेत यस किसिमको कार्यलाई निरन्तरता दिने तामाङको भनाई छ ।
कार्यक्रममा दाताहरूलाई विद्यालयको तर्फबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमका तस्विरहरु






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |