

काठमाण्डौ। १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ ।खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजेदेखी भूटानको चाम्लिमिथाङ रङ्गशालामा शुरु हुनेछ ।
प्रतियोगिता अतरगत पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।
डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।नेपालले पर्सि आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।
डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |