

धादिङ । सिद्धलेक गाउँपालिकामा नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा आयोजित अन्तर वडा तीज गीत प्रतियोगितामा वडा नं ४ को फुलबारी आमा समुह प्रथम भएको छ ।
महिला सशक्तिकरण, सामाजिक सन्देश प्रवाह गर्दै कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा वडा नं २ को शान्ति स्वास्थ्य आमा समुह द्धितिय, वडा नं १ को सिर्जनशिल महिला कृषि सहकारी समुह तृतिय र वडा नं ७ को अमर ज्योति महिला समुह सान्त्वना भएका छन् ।
प्रतियोगिता प्रथम, द्धितिय, तृतिय र सान्त्वना भएका समुहहरुलाई क्रमशः नगद १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजारसहित प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले जानकारी दिनुभयो ।
७ वटै वडाका महिला समुहहरुको सक्रिय सहभागिता रहेको प्रतियोगितामा मौलिक भेषभूषा, गीत र नृत्य प्रस्तुत गरेका थिए ।
निर्णायक मण्डलले सन्देशपूर्ण गीत, भेषभुषा, प्रस्तुतीको मौलिकता र अनुशासनका आधारमा सहभागीहरुलाई पुरस्कृत गरिएको हो ।
उपाध्यक्ष अर्यालका अनुसार तीज गीतमार्फत घरेलु हिंसा अन्त्य, छोरी शिक्षाको महत्व, लैंगिक समानता, बालविवाह न्यूनीकरण, विगतका भोगाइ तथा भएका परिवर्तन र सफलताका कथा लगायतका विषय उठाएका थिए ।
तीज केवल रमाइलो र नाचगानको पर्व मात्र नभई महिलाको पीडा, संघर्ष र अधिकारका सवाललाई उजागर गर्ने मौलिक संस्कार रहेको बताउनुभयो ।
जनचेतनामूलक सांस्कृतिक कार्यक्रमले गाउँपालिकामा सामाजिक सचेतना अभिवृद्धि गर्न टेवा पुर्याउने उहाँको भनाई छ ।
स्थानीय महिलाले तीजलाई रमाइलो मात्र नभई सचेतनामूलक पर्वका रूपमा प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताएका छन्।
तस्विर : ईरिशा मगर








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |