

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट अवैध लागूऔषध ब्राउनसुगर र नगदसहित ४ जना पक्राउ परेका छन् ।
शुक्रबार बिहान प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले २ ग्राम ९ सय २० मिलिग्राम ब्राउनसुगर र नगद १ लाख ५ हजार रूपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २७ वर्षीय सन्देश अर्याल, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय सोनाम तामाङ, ३३ वर्षीय पुष्प तामाङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने ३० वर्षीय रोशन आले रहेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |