

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारस्थित ईभी हाईस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-००२ ज ६७६३ नम्बरको ईभी हाईस शुक्रबार साँझ करिब ६ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।
घाइते हुनेमा पाल्पाको पुर्बीखोला–१ का २५ वर्षीय बिमल श्रेष्ठ, धादिङ निलकण्ठ–६ का १३ वर्षीय सन्तोष परियार, रामेछाप गोकुलगंगा–४ का ३१ वर्षीय कमल कुमार सुनाम, धादिङ गजुरी–१ का १९ वर्षीय मिलन परियार, ४२ वर्षीय केशब दमाई, २३ वर्षीय प्रमोद परियार, १८ वर्षीय सरोज परियार र बेनिघाट रोराङ–३ का २४ वर्षीय राजु परियार रहेका छन्।
घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारका लागि राजमार्ग अस्पताल मलेखु पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाईसमा ११ जना सवार थिए ।
सवारी चालक पाल्पा मातागढी–४ का २२ वर्षीय सुनिल बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |