

धादिङ । धादिङमा नेपाल फुलकन्ट्याक कराँते महासंघको जिल्ला समिति गठन गरिएको छ ।
आईतबार धादिङबेशीस्थित जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालयमा भएको भेलाले सुमन अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नेपाल फुलकन्ट्याक कराँते महासंघ धादिङको जिल्ला समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा नीरकमल थापा, उपाध्यक्षमा शिशिर तामाङ, सचिवमा पवन मगर, सह–सचिवमा सुप्रिया तामाङ र कोषाध्यक्षमा हरिकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा रामशरण बिक, अभिषेक तामाङ, प्रणब धमला, अभियान त्रीपाठी, ध्रुव सापकोटा, शिशिर गुरुङ र भिमबहादुर गुरुङ रहनुभएको छ ।
कार्यक्रम संयोजक एवम् बागमती प्रदेशका धनबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्य रहेको थियो भने महासंघका केन्द्रीय प्रतिनिधि राजिव खड्काको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधर लगायतको उपस्थिति थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |