

धादिङ । सवारी साधनले मनपरी भाडा असुलेको भन्दै नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ध्यानाकर्षण गराएको छ।
सोमबार एमाले त्रिपुरासुन्दरी गाउँपालिका कमिटीका अध्यक्ष बाबुकृष्ण श्रेष्ठको टोलिले प्रजिअ सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
बागमती प्रदेशको नियमअनुसार प्रति किलोमिटर ३ रुपैयाँसम्म मात्र भाडा लिन पाउने नियम भएको तर व्यवसायीले धादिङबेसी–सल्यानटार (३३ किमी) पक्की सडकमा पनि यात्रुहरूसँग २५० रुपैयाँसम्म भाडा लिइँदै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यातायात व्यवसायीको मनलाग्दी भाडादरले यात्रुहरु मारमा भन्दै नियम अनुसार भाडादर कायमको माग गरी प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र बुझाएको श्रेष्ठले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमार्फत धादिङबेसी–गोलाङ–आगिञ्चोक सडक, धादिङबेसी–धुवाकोट–भर्याङ–भुरुड–कटुञ्जे, धादिङबेसी–चैनपुर–खरीमैदी सडक, धादिङबेसी–सुनौला बजार सडक लगायतका सडक खण्डहरुमा कानुनअनुसार भाडा कायम गर्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ सुवेदीले तत्काल बैठक बोलाएर भाडादर पुनः निर्धारण गर्ने र राजनीतिक दल, सञ्चारकर्मी, यातायात व्यवसायीसँग छलफल गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |