

झापा । झापाको भद्रपुर नगरपालिका-८ बाट २० ग्राम ४ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १४ हजार १ सय ७० रूपैयाँ सहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २३ वर्षीय अलताप सेख, सोही नगरपालिका-७ बस्ने १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय राज श्रेष्ठ, धादिङ रुवी भ्याली गाउँपालिका-५ बस्ने २४ वर्षीय गुम लामा र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने १९ वर्षीय न्यान्जी तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार बेलुकी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |