

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले समाचार प्रकाशन गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघ केन्द्र, जिल्ला शाखा धादिङ र प्रेस चौतारी नेपाल धादिङको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शिक्षक सरुवा तथा विद्यालय समायोजनको विषयमा समाचार लेखेको भन्दै धादिङका पत्रकारहरु केशव अधिकारी र अनिल नेपालीलाई गाउँपालिकाका अध्यक्ष खतिवडाले धम्कि दिएको भन्दै पत्रकार महासंघ केन्द्र, धादिङ शाखा र प्रेस चौतारी धादिङले विरोध गरेका हुन् ।
पत्रकारलाई गाउँ प्रहरी लगाएर प्रमुखको कार्यकक्षमा उपस्थित गराइ तथा फोन मार्फत धम्की दिएको विषय निन्दनीय र प्रचलीत कानुनको विरुद्ध तथा प्रेस स्वतन्त्रताको विरुद्धमा भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सिद्धलेक गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार गाउँपालिकाको वेबसाइटमा राखिएको सूचनामा उल्लेख भएको शिक्षक सरुवाबारे समाचार लेखेका कारण गाउँपालिका अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई धम्की दिएको तथा हप्काएको विषयलाई गम्भीर रुपमा लिएको विज्ञप्तिमा भनिएको छ ।
विषयगत शिक्षक सरुवा भएपछि सिद्धलेक ७ को भालडाँडामा रहेको जाल्पा आधारभूत विद्यालयमा पठनपाठन प्रभावित भएको विषयमा धादिङ न्युजमा “सिद्धलेकका नौवटा विद्यालय बन्द गरिने” शीर्षकमा र बागमती कलममा “सिद्धलेकमा ९ वटा विद्यालय समायोजनः २८ जना शिक्षकको सरुवासँगै विद्यालय वर्गीकरण (विवरण सहित)” शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
समाचारको विषयमा चित्त नबुझेमा खण्डन गर्ने र प्रेस काउन्सिल मार्फत कानुनी प्रक्रियामा जानु पर्ने हुन्छ । तर धम्कि दिने कार्य प्रेस स्वतन्त्रता माथिको आक्रमण रहेको भन्दै सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा प्रेस स्वतन्त्रता विरोधी यस्ता गतिविधि नगर्ने प्रतिवद्धता जनाउन उनीहरुले माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जारी गरेको प्रेस विज्ञप्ति

प्रेस चौतारी नेपाल, जिल्ला शाखा धादिङले जारी गरेको प्रेस विज्ञप्ति






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |