

काठमाण्डाै । भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।
ग्रहणले आजराति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
चन्द्रग्रहण राति ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ ।
त्यस्तै राति १ बजेर ४१ मिनेटमा ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार साढे तीन घण्टा काठमाण्डौबाट चन्द्रग्रहण देखिनेछ । यो ग्रहण यसवर्षको पहिलो ग्रहण हो ।
यसै वर्ष फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । फाइल तस्बिर





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |