

धादिङ । एम्बुलेन्समा अवैध लागूऔषध गाँजा ओसार्ने दुई जना पक्राउ परेका छन्।
धादिङको गजुरी गाउँपालिका-२ स्थित एम्बुलेन्सबाट ९० किलो ६ सय ४० ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन् ।
गए राति इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे-१ च १५२२ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सन्तोष र एम्बुलेन्समा सवार प्रेमलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |