Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

३0 मिनेट अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१४ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

सरकारकाे विभेदकारी नीतिका कारण ६ उद्योगको १२ अर्ब डुब्ने खतरा

  • Default Profile
  • बागमती कलम
  • ५१८ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २१, सोमबार (३ साल अघि)
सरकारकाे विभेदकारी नीतिका कारण ६ उद्योगको १२ अर्ब डुब्ने खतरा

आर्थिक विधेयक ०७९ मा रहेकाे विभेदपूर्ण कर नीतिको असर रुपन्देहीका उद्योग कलकारखानामा देखिएको छ । सबै उद्योगलाई समान दृष्टिले नहेरी केही उद्योगलाई लाभ हुने तवरले सरकारले नीति बनाएका कारण यहाँका दुई हजारभन्दा बढी श्रमिकमा परेकाे छ ।

विधेयकका कारण रूपन्देहीका पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल, गोयन्का स्टिल र रत्ना आइरनले उत्पादन बन्द गरिसकेका छन् भने अझै केही ब्लेड आयात गरी छड बनाउँदै आएका उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

विधेयकमार्फत फलामे डण्डीको कच्चापदार्थ स्पज आइरन आयातमा भन्सार महशुल १ प्रतिशत मात्र कायम गरि अन्तःशुल्क पूर्ण छुट भएको छ । आव २०७९/०८० को नयाँ बजेटमार्फत कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्तःशुल्क थपिदिएको थियो । बिलेटको अन्तशुल्क प्रति मेट्रिक टन दुई हजार पाँच सय रुपैयाँबाट बढाएर तीन हजार पााँच सय, भन्सारविन्दु मै लगाइने अन्तःशुल्क बढाएर चार हजार पाँच सय पुर्याइएकोमा उद्योगीको विरोधपछि सरकारले स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो । एमएस ब्लेडको अन्तःशुल्क भने पुरानै कायम गरेको थियो ।

यस्तै, एमएस वायरको भन्सार महशुल १० प्रतिशत छ । सिमित उद्योगलाई लक्षित गरी सरकारको ल्याएकाे विभेदपूर्ण कर नीतिले स्टिल तथा वायर उद्योग बन्द हुने अवस्थामा पुगेको छ। अर्थमन्त्री जनार्दन शर्माले सीमित उद्योगीलाई फाइदा पुग्ने गरी ‘सेटिङ’मा करको दर तय गरेको उद्योगीको आरोप छ । कतिपय उद्योगी प्रधानमन्त्रीको निर्देशनमा अर्थमन्त्रीले स्टिल उद्योगीको ढाड सेकेको गुनासो गर्छन् । विभिन्न विवादास्पद निर्णयमा नाम जोडिदै आएकी प्रधानमन्त्री पत्नी आराजु राणा पनि यो प्रकरणमा मुछिएकी छन् ।  ‘प्रधानमन्त्री र अर्थमन्त्री नै माफियाको सेटिङमा चलेपछि समस्या भएको हो, अब अझैँ धेरै समस्या हुन्छ ।’ एक स्टिल उद्योगीले भने ।

तयारी पदार्थमा मात्र अन्तःशुल्क लाग्ने अन्तर्राष्ट्रिय प्रचलन रहे पनि कच्चा पदार्थमा अन्तःशुल्क थपेकोमा उद्योगी रुष्ट भएका हुन् । सरकारले माफियाको सेटिङमा काम गर्दा उद्योगीको लगानी डुब्यो नै ठूलो संख्यामा रोजगारी गुमेको उद्योगीको भनाइ छ । यो व्यवस्थाले नेपालमा सञ्चालित ३२ डण्डी उद्योगहरूमध्ये स्पञ्ज आइरन तथा पत्रु पगालेर डण्डी बानाउने उद्योगहरूलाई मात्र लाभ भएको छ भने बाँकी २२ उद्योगहरूलाई प्रतिस्पर्धा गर्न नसक्ने अवस्था बनाएको पीडित उद्योगीहरूको भनाइ छ ।

बिलेट्स आयात गरि डण्डी बनाउने उद्योगहरूको संख्या तुलनात्मक रुपमा धेरै हुँदाहुँदै पनि सिमित उद्योगको योजनालाई सहयोग पुग्ने गरी समग्र सरोकारवाला तथा उद्योगीहरूसँगको छलफल बिना ल्याइएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरूलाई मर्कामा पारेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बताए । उनले भन्सारमा अन्तःशुल्क लगाउने व्यवस्थाले गर्दा विभिन्न तहमा हुने औद्योगिक उत्पादनलाई प्रत्यक्ष असर पर्ने भएकाले कच्चा पदार्थमा भन्सारमै अन्तःशुल्क लगाउने व्यवस्था अन्त्य गर्नु पर्न बताए ।

अर्थमन्त्री जनार्दन शर्माले सिमित उद्योगीलाई फाइदा पुग्ने गरी करको दर तय गरेपछि समस्यामा परेको बताउँदै भैरहवाका उद्योगी, मजदुरहरूले विरोध र आन्दोलन समेत गरेका थिए । तयारी पदार्थमा मात्र अन्तःशुल्क लाग्ने अन्तरराष्ट्रिय प्रचलन रहि आएकोमा अर्थमन्त्रीले कच्चा पदार्थमा पनि अन्तःशुल्क थपेका हुन् । सरकारले रोजगारी सृजना गर्दै छौ भन्ने भाषण मात्रै गरिरहदा भएका उद्योगलाई बन्द गर्ने स्थितीमा पुर्‍याई दुई हजार बढीको रोजगारी खोसेको र अझै खोसिरहेकै अवस्थामा रहेको छ ।

प्रतिस्थापन विधेयकमार्फत पहिलो बजेटमा स्पन्ज आइरनको भन्सार महशुल शून्यमा झार्ने निर्णय गरेका अर्थमन्त्री शर्माले कच्चा पदार्थको रुपमा रहेको बिलेट र समान प्रकृतिको एमएस वायरमा भन्सार र अन्त:शुल्क थपिदिएपछि उद्योगीहरू थप संकटमा परेको पन्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताए । सरकारको यो विभेदकारी र असहयोगी नीतिका कारण स्टिल उद्योगी विस्थापित हुन पुगेको आराेप लगाए । सरकारको नीतिका कारण फलामे डण्डीको मूल्य बढ्यो र बजारमा प्रतिस्पर्धा गर्न नसकिने भएपछि उद्योगसँगै मजदुरहरू विस्थापति हुन पुगे साहुले बताए ।

अहिले मुलुकले लगाउने खोजिरहेको प्रणाली (इन्डक्सन फर्नेस) विश्वमै विस्थापित हुँदै गएको छ । संसारमा असफल भएको यो प्रणाली गुणस्तर, वातावरण र कामदारको सुरक्षा बारे कमजोर रहेको एसआर स्टिलका संचालक सुरज उप्रेतीले बताए । फेल भएको प्रणाली पनि लागु गराएर फेरिपछि उद्योगीलाई जोखिममा पार्ने नीति राज्य कै केही सिमित उद्योगलाई लक्षित गरेर गरेको उनले बताए ।

२२ वटा उद्योगमध्ये केही उद्योगलाई वातावरणीय कारणले पनि स्पञ्ज पगाल्ने प्रणालीमा जान नसक्ने अवस्था छ । ती उद्योगलाई राज्यले कसरी संरक्षण गर्छ । अरुले त लगानी डुबाउनुभन्दा केही थपेर फेल भएको प्रणलीमा जान सक्ने बाटो छ तर त्यो पनि पुरानो प्रणाली भएकोले सरकार पछि हटे सबै लगानी डुब्ने छ ।  पत्रु पागलेर फलामे छड उत्पादन गर्ने र त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ (स्पन्ज आइरन) पैठारी गर्दा भन्सार दर १ प्रतिशत र अन्तःशुल्कलाई शून्य प्रतिशतमा झारेका कारण सोझै बिलेड आयत गरेर डण्डी उत्पादन गर्दा महङ्गो पर्ने हुँदा प्रतिष्पर्धा गर्न नसकिएको एभरेष्ट रोलिङ इण्ड्रिष्टिका संचालक अरुण कुमार गोयनकाले बताए । स्पञ्ज आइरन तथा बिलेट्सबाट छड बनाउँदा भन्दा बिलेटबाट छड बनाउँदा लागत प्रतिकिलो १२ देखि १३ रुपैयाँसम्म महँगो पर्ने उनकाे भनाइ छ ।

भदौदेखि नै उद्योगलाई उत्पादनमा असर पर्दै आएको थियो ।  केहीले उत्पादन गर्ने बन्द गर्ने गरे पनि अहिले पूर्ण रुपमा उद्योग बन्द गरी कामदारलाई बिदा गरेका छन् । पाँच वटा छड उद्योगले मात्रै  दैनिक १८ सयदेखि दुई हजार टन छड उत्पादन गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ३0 मिनेट अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १४ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १४ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution