

धादिङ । सिद्धलेक गाउँपालिका-१, धादिङमा ‘दोस्रो सिद्धलेक म्हेन्दोमाया कप-२०८३’ ९ ए साइड खुला फुटबल नकआउट प्रतियोगिता आयोजना हुने भएको छ ।
म्हेन्दो माया युवा समाज, सिद्धलेक गाउँपालिका-१ को आयोजना तथा नयाँबस्ती प्रवासी समाजको सह-आयोजनामा असोज २४ गतेदेखि २७ गतेसम्म सिद्धलेक गाउँपालिका-१ स्थित नयाँबस्ती बाँझोगरा म्हेन्दोमाया खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्रतियोगिताको विजेताले नगद १ लाख ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै दोस्रो हुने टोलीले नगद ५२ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहने टिमले असोज १२ गतेदेखि २३ गतेसम्म टिम दर्ता गराउन सक्नेछन् ।
टिम दर्ताका लागि प्रवेश शुल्क ८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
म्हेन्दो माया युवा समाजका अध्यक्ष पेमा छिरिङ लामाले प्रतियोगितालाई व्यवस्थित, भव्य र सभ्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बागमती कलमलाई जानकारी दिनुभयो ।
उहाँले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा उजागर गर्दै खेलकुदप्रति युवाको आकर्षण बढाउने उद्देश्यले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिईएकोे बताउनुभयो ।
अध्यक्ष लामाले प्रतियोगितामा धादिङलगायत विभिन्न स्थानबाट खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा गरिएको भन्दै खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीलाई प्रतियोगितामा सहभागी भई सफल बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ ।
गत वर्ष सोही खेल मैदानमा प्रथम सिद्धलेक म्हेन्दोमाया कप असोज ६ गतेदेखी ९ गतेसम्म सञ्चालन भएको थियो ।
प्रतियोगिताबारे थप जानकारी तथा टिम दर्ताका लागि ९७६३२४०६७४, ९८६३२०८७०१, ९८६९३७८१२४, ९७६३७७२३२३ र ९७६३६८५१५५ मा सम्पर्क गर्न सकिनेछ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |