

बाग्मती प्रदेश सभाकाे सभामुख पदका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएकाे छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि कांग्रेसले सभामुखमा सांसद शिवराज अधिकारीकाे उम्मेदवारी दिने भएकाे हाे ।
धादिङका अधिकारी समानुपातिकका तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित हुनुभएकाे हाे। उहाँलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिनुभयाे । बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेको यस प्रदेशमा सत्ता गठबन्धनका दलहरुको बहुमत रहेको छ ।
बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी १ सय १० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।
सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार हुनुहुन्छ । बाग्मती प्रदेश सभा सचिवालयले सभामुख चुनावका आज बिहान साढे १० देखि २ बजेसम्मको समयसीमा तोकेको छ ।
मनोनयन दर्ता सकिएपछि दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयाे। सभामुख चयनका लागि शुक्रवार भाेलि बिहान ११ बजेका लागि चुनावकाे समय तोकिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |