Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ५, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
कृषि तथा उद्योग
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

२ दिन अघि
२

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

२ दिन अघि
३

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

२ दिन अघि
४

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

३ दिन अघि
५

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

४ दिन अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

४ दिन अघि
७

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

५ दिन अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

६ दिन अघि
९

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

६ दिन अघि
१०

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

६ दिन अघि
११

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

१ हफ्ता अघि
१२

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
४

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

१ महिना अघि
५

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

४ हफ्ता अघि
६

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
७

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
८

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
९

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
१०

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि
११

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२ हफ्ता अघि
१२

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

४ हफ्ता अघि

विदेशी फलफूलको प्रभाव बढ्दै

  • Default Profile
  • बागमती कलम
  • ८०७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १०, बिहिबार (३ साल अघि)
विदेशी फलफूलको प्रभाव बढ्दै

यतिबेला फलफूल व्यवसायीहरुले तिहारलाई लक्षित गरी स्याउ, केरा, सुन्तला, मौसम, नरिवल आदि फलफूल स्वदेश तथा विदेशबाट उपत्यका भित्र्याउने गर्छन् । कालिमाटी, कुलेश्वर, बल्खु, जडीबुटी, एकान्तकुना, जोरपाटी, धु्रमवराहीलगायत काठमाडौँ उपत्यकाको ठाउँठाउँमा फलफूलका थोक बजार छन् ।

काठमाडौँ उपत्यकामा भित्रिने कूल फलफूलको ८० देखि ९० प्रतिशत कालिमाटी र कुलेश्वरको बजारमा जम्मा हुने गरेको सुनाउँछन् नेपाल फलफूल थोक व्यवसाय सङ्घ, काठमाडौँका अध्यक्ष अम्मर बानियाँ । कुलेश्वरस्थित थोक बजारमा फलफूल मात्रै पाइन्छ । उनका अनुसार उपत्यकाभर र उपत्यका आसपासका जिल्लाका व्यवसायीले कुलेश्वरस्थित सोही बजारबाट फलफूल किनेर लाने गर्छन् ।

अध्यक्ष बानियाँ भन्छन्, “तिहारमा मुख्यगरी फलफूल स्याउ, सुन्तला, मौसम, केरा, नरिवलको खपत बढी हुने गर्दछ । हुनेखानेले किबी, अङ्गुर, ड्रागन फ्रुटलगायत महङ्गा फलफूल पनि किन्ने भएकाले त्यस्ता फलफूल पनि केही मात्रामा बिक्री हुने गर्छ ।” हाल बजारमा व्यवसायीले भारतीय (कास्मिरी) चकलेटी स्याउ बढी मात्रामा बिक्री गरिराखेका छन् । यसको होलसेल मूल्य प्रतिकेजी १३० देखि १४० रुपैयाँ पर्छ भने नेपाली स्याउको मूल्य प्रतिकेजी १३० देखि १९० रुपैयाँसम्म पर्छ ।”

तिहारको लागि भनेर पाँच दिनमा कास्मिरबाट चकलेटी स्याउ प्रतिगाडी २० टनका दरले ५० गाडी कुलेश्वर होलसेल बजारमा मात्र भित्रिने गरेको छ । अध्यक्ष बानियाँले भने, “२० टनको एउटा गाडीको लागत (भन्सार, भाडा, खरिद सबै जोडेर) नेपाली २० लाख रुपैयाँ खर्च हुन्छ । तिहारको लागि रु १० करोडको कास्मिरबाट चकलेटी स्याउ भित्रियो । त्यस्तै, चिनियाँ स्याउ २० करोड रुपैयाँको आएको छ । यसरी बाहिरबाट १० र २० करोड गरी ३० करोड रुपैयाँको स्याउ यसपटक भित्रियो ।” मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।

अध्यक्ष बानियाँका अनुसार नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । उनको अनुमानका अनुसार रु १५ करोडको चिनियाँ स्याउ काठमाडौँ उपत्यकामा मात्र खपत हुन्छ भने नेपाली, चिनियाँ र भारतीय गरी करिब २५ करोड रुपैयाँको स्याउ उपत्यकाका उपभोक्ताले खाने रहेछन् ।

त्यसैगरी नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ । केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको बानियाँले बताए । उनका अनुसार भारतीय केराको लागत आठ लाख रुपैयाँ प्रतिगाडी पर्न जान्छ । तिहारका पाँच दिनमा मात्रै रु ४० करोड मूल्यको पाँच सय गाडी केरा भारतबाट भित्रिएको छ । सोही अवधिमा कुलेश्वर थोक बजारमा रु तीन करोडको नेपाली केरा भित्रिएको छ ।

पछिल्लो समय सरकारले किसानलाई प्रोत्साहन गर्न नेपाली केराको उत्पादन तथा बिक्री बढाउन भनेर विदेशी केरा प्रतितपत्र (एलसी) मार्फत मात्रै भित्र्याउन पाइने व्यवस्था गरेको छ । बजारमा नेपालीभन्दा भारतीय केरा महङ्गोमा भए पनि उपभोक्ताले किन्ने गर्छन् । सुनसरी, मोरङलगायत स्थानका केरा उतै खपत हुन्छ । त्रिवेणी, टिकापुर, महेन्द्रनगरका केरा उपत्यकामा भित्रिने गरेको छ । तर त्यहाँबाट केरा ल्याउँदाल्याउँदै बाटैमा पाकिसक्छ । भारतीय केरा महाराष्ट्र, आन्द्राबाट तीन दिनमा आइपुग्दा पनि जस्ताको तस्तै हुन्छ ।

भारतीय केरा नेपाली बजारमा एक कोसा १० रुपैयाँमा बिक्री हुँदा नेपाली केरा मुस्किलले ४–५ रुपैयाँमा बिक्री हुने गरेको  छ । “अहिले भारतीय १५ टन केराको एउटा गाडी तीन लाख ढुवानी र एक लाख भन्सार गरी चार लाख रुपैयाँ तिरेपछि नेपाल आइपुग्छ । हाम्रो गाडीको ५० हजार मात्रै ढुवानी पर्छ,” उनले भने ।

व्यावसायिक खेतीलाई जबसम्म प्रोत्साहन गरिँदैन तबसम्म नेपालमा भारतीय केरा विस्थापित नहुने बताउँदै बानियाँले भने, “भारतीय केरा हेर्दा मिलेको राम्रो, ठूलो, मोटो हुन्छ । उनीहरुको केरा हेर्दै किनौंकिनौं लाग्ने प्याकेजिङ, ग्रेडिङ सबै राम्रो मिलेको हुन्छ र खाँदा पनि स्वादिलो छ । तर, नेपाली केरा खाँदा स्वादिलो भए पनि हेर्दा राम्रो देखिँदैन र लापर्वाहीका कारण बजारमा गिलो र दाग भएका हुन्छन् जसले गर्दा उपभोक्ताले बढी मूल्य तिरेरै भए पनि राम्रो नै किनेर लाने गर्छन् ।”

त्यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड मूल्यको सुन्तला भित्रिएको छ भने मौसम तीन करोड रुपैयाँको भित्रिएको बानियाँले जानकारी दिए । उनका अनुसार अहिले नेपालको सुन्तलाको याम सुरु नभइसकेकाले बजारमा नेपाली सुन्तलाको बिक्री शून्य छ । त्यस्तै लक्ष्मी पूँजा गर्नको लागि नरिवल दुई करोडको भित्रिएको छ । यसरी तिहारमा चाहिने मुख्यमुख्य पाँच÷छ थरिका फलफूल सो बजारमा मात्रै रु ७५ करोडको आयात भएको भन्दै उनले भने, “तिहारमा मात्रै कूल आयात हेर्ने हो भने कुलेश्वर बजारमा मात्रै रु ७५ करोडभन्दा बढीको व्यापार हुन्छ ।”

यतिबेला भारतीय हलुवावेद बजारमा छ्याप्छ्याप्ती छ । त्यस्तै काँचै खान मिल्ने जापानी हलुवावेद पनि बजारमा पर्याप्त मात्रामा छ । अध्यक्ष बानियाँका अनुसार पहिला इटालीबाट भित्र्याइने किबी अहिले चेचेनीयको किबीले नेपाली बजार लिएको छ । पछिल्लो समयमा नेपालमा पनि किबी उत्पादन हुन थालेपछि अब विस्तारै बाहिरको किबी विस्थापित हुनेमा उनी विश्वस्त छन् । नेपाली किबीको साइज एकनासको नहुने, सानो–ठूलो सबै एकै ठाउँमा प्याकिङ गरिदिने गर्दा बजारमा विदेशी किबीको प्रभाव बढ्ने देखिन्छ ।

त्यसैगरी नेपाली बजारमा पाइने ड्रागन फ्रुट भियतनामबाट भित्रिएको हो । अध्यक्षे बानियाँले भने, “बिडम्बना भियतनामबाट यहाँ आएको ड्रागन फ्रुट २५० देखि ३०० रुपैयाँ किलो पर्छ तर नेपालमा उत्पादन भएकालाई ५०० रुपैयाँ केजीको पर्छ । हेर्दा उनीहरुको राम्रो भए पनि नेपाली ड्रागन फल मीठो छ तर उपभोक्ताले यो कुरा बुझ्दैनन् । भाडा, भन्सार आदि सबै तिरर यहाँ आइपुग्दा पनि भियतनामको ड्रागन फ्रुट केजीको २५० रुपैयाँमा पाइन्छ । नेपाली ड्रागन फ्रुट भने थोक बजारमै केजीको ५०० रुपैयाँ पर्छ ।” उनका अनुसार किसानलाई दक्ष प्राविधिक ज्ञान नदिएसम्म नेपाली उत्पादन बिक्री हुन गाह्रो हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%
प्रतिक्रिया दिनुहोस
कृषि तथा उद्योग सम्बन्धि थप
  • IMG-20261019-WA0014

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

  • lama-gumba-khanayokharka

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

  • 1-1792324956

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

  • Messenger_creation_0FA1FE37-A9D1-4093-93E3-FBD9ACF97112

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

  • समाचार
  • १

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    २ दिन अघि

  • २

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    २ दिन अघि

  • ३

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    २ दिन अघि

  • ४

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    ३ दिन अघि

  • ५

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    ४ दिन अघि

  • ६

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    ४ दिन अघि

  • ७

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ५ दिन अघि

  • ८

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    ६ दिन अघि

  • ९

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    ६ दिन अघि

  • १०

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution