

बुढाथुम । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ७ मा गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी तालिम शुरु भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा गाउँपालिकामा संचालन गरेको रिलिफ परियोजना अन्तरगत वडा कार्यालयमा शनिबारदेखी २ दिने योजना तर्जुमा प्रक्रिया सम्बन्धि तालिम शुरु भएको हो ।
तालिममा १६ वटा कृषक समुहका अगुवा र लैगिक च्याम्पियनहरुसहित २० जना सहभागी छन्।
परियोजनाको सहजिकरणमा गठन भएको कृषक समुहका एक,एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धी बिषयमा तालिम संचालन भएको हो ।
कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
कार्यक्रम उद्घाटन सत्रमा गंगाजमुना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष रविन अधिकारी, कार्यपालिका सदस्य अनिता माया बिक,वडा सदस्य सविता श्रेष्ठ ,वडामा कार्यरत कर्मचारीहरु,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल सहित फिल्डमा कार्यरत कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।
गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व ,योजना तर्जुमा प्रक्रिया र ७ चरणहरू, योजना तर्जुमामा समूह (टोलबस्ती) तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदनको ढाँचा तथा प्रस्तावनाको ढाँचा आवश्यक काजजातहरु योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता,र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा गंगाजमुना गाउँपालिकाका बरिष्ठ सहायक युवराज थपलिया, कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नुहुने बुढाथुमबाट प्रयास नेपाल धादिङका लैगिक एसोसियट शर्मिला गरुङले जानकारी दिनु भयो ।
तालिम आईतवारसम्म संचालन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |