

काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न र लुटपाट गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-८ ग्रीनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरूङ रहेका छन् ।
काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारमा अभौतिक मुद्राको अवैध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले रोशनलाई तिलिङ्गेटारबाट सोमबार पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा रोशनको साथमा रहेको नगद १४ लाख रूपैयाँ लुटपाट भएको भनी खुल्न आएपश्चात लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्न प्युठान गौमुखी गाउँपालिका-४ बस्ने ३६ वर्षीय राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका-७ बस्ने ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी, खोटाङ रावा बेसी गाउँपालिका-४ बस्ने २४ वर्षीय हिरा मंग्राती, मोरङ सुन्दरहरैंचा नगरपालिका-२४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीय संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर महानगरपालिका-३ बस्ने २० वर्षीय मनिस कुमार राय रहेका प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा रोशनले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १ सय ६२ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |