

मकवानपुर । छोराको हत्या अभियोगमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा बाबुआमा पक्राउ परेका छन्।
आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोपमा सिस्नेरी अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र पत्नी ६३ वर्षीया देवीमाया ब्लोन पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ।
प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने अर्यालले बताउनुभयो।
पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए। जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो। उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
छोरा र बाबुआमाबीच सम्पत्ति भागबण्डाका विषयमा घरझगडा पर्दै आएको प्रहरीले जनाएको छ।झगडा भएको थाहा पाएपछि छिमेकीहरुले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |