

काठमाडौं। नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका-७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल रहेको प्रहरीले जनाएको छ।
खकुराललाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं लोलाङ हाईटबाट पक्राउ गरेको हो।
खकुरालले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफुलाई रकमको आवश्यकता परेको भन्ने विश्वास दिलाई साथीको क्युआरमा रकम पठाउनु भनि उपत्यकाको विभिन्न पसलहरूमा आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाईदिँदै छ,आफ्नो कुनै पनि बैंक खाता छैन भनी हजुरको खातामा पैसा आउँछ सो पैसा राखी मलाई नगद रकम दिनु भनी पसलहरूको क्यूआर कोड पठाई रकम हाल्न लगाई पसलहरूबाट रकम लिई ठगी गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |