धादिङ,२१ फागुन ।
प्रथम जलमुखी धार्मिक तथा पर्यटनको महोत्सव आजदेखी सुरु हुदै छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर– ६ को आयोजना तथा जलमुखी मन्दिर संरक्षण समिती व्यवस्थापन र ज्वालामुखी गाउँपालिकाको सहयोगमा आजदेखी फागुन २३ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको ज्वालामुखी गाउपालिका–६ का वडा अध्यक्ष किशोर सेडाईले जानकारी दिनुभयो । महोत्सवको आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने वडाअध्यक्ष सेडाईले बताउनुभयो ।
महोत्सवमा ईन्द्रेणीको टिम सहित राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, टिका सानु, रविन लामिछाने,अस्मिता डल्लाकोटी, सिताराम परियार, बासु सिंखडा, रितु तामाङ लगायत स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने सेडाईले बताउनुभयो ।
ज्वालामुखी गाउँपालिका–६ र नीलकण्ठ नगरपालिका–९ को सिमानामा अवस्थित धादिङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जलमुखी मन्दिरमा हरेक बर्ष फागु पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |