

पोखरा ।पोखरा महानगरपालिका वडा नं १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल श्रीमद्भागवत कथा प्रवचनको कार्य छ।
गत चैत्र २९ गतेबाट नियमित रुपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखाले जानकारी दिएको छ।
श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भाथवत कथा प्रवचनको अवसरमा एक हप्तासम्म संगितमय श्रीमदभागतव कथा प्रवचन गरेकी वालबिदुषी पाण्डेलाई विदाई गरिएको हो।
उनको विदाईसंगै शुक्रबारबाट कथा प्रवचनको लागि अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा ज्यूले कथा प्रवचन सुरु गर्नुभएको छ।
त्यस्तै आचार्य श्री शितल कृष्ण महाराज,प्रख्यात वक्ता अमृत शरण देवाचार्य जी, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी जी लगायतले पनि विभिन्न विषयमा प्रवचन गर्ने कार्यक्रम पनि रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |