पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित यसका आसपास क्षेत्रमा अध्यारो छाएको हो ।
यस अघि पोखरामा गत बिहीबार हिउँदे वर्षा भएको थियो भने त्यसपछि आज आइतबार असिनासहित ठूलो वर्षा भएको हो।
लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिले पनि असिनासमेत पर्दा यहाँको किसानले लगाएका तोरी, गहुँ, फापर र तरकारीबालीलाई भने क्षति पुगेको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले अचानक परेको असिना पानीले गरेको क्षतिबारे बुझ्ने कार्य जारी रहेको जानकारी दिए । उनका अनुसार यसरी बर्षा हुँदा सिँचाइ सुविधा नपुगेका खेतबारीमा लगाइएका हिउँदे खेतीलाई राहात मिलेको भए पनि कतै असिनासमेत पर्दा हिउँदे बालीमा क्षति पुगेको छ ।
असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदेबाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाई छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |