

धादिङ । धादिङको श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेश स्तरीय उत्कृष्ट साकोसका रूपमा सम्मानित भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३८ औँ स्थापना दिवसको अवसरमा श्रोत परिचालन सम्मानित भएको हो ।

शनिबार आयोजित कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा (पीएचडी) र अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका अध्यक्ष रुद्रबहादुर खत्रीलाई प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको सहकारीका अधिकृत सुशिल कँडेलले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष रुद्र बहादुर खत्रीले कर्मचारी, शेयर सदस्य तथा बोर्डका सम्पूर्ण टिमको साथ सहयोगले यो सम्मान मिलेको बताउनुभयो ।
वि.सं. २०५४ साल कार्तिक १२ गते २६ जना संस्थापक सदस्यद्वारा स्थापना भएको श्रोत परिचालन साकोसले हाल ७ हजार ६७४ जना शेयर सदस्यलाई दुईवटा सेवा केन्द्रमार्फत वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको सहकारीका प्रमुख कार्यकारी अधिकृत दयानिधि नेपालले जानकारी दिनुभयो ।
सहकारीको हाल कुल सम्पत्ति ७० करोड ९२ लाख रहेको नेपालले बताउनुभयो ।
हाल सहकारीले नीलकण्ठ नगरपालिका, त्रिपुरासन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका र सिद्धलेक गाउँपालिकाका वडा नं. १ र २ भित्र आफ्नो कार्यक्षेत्र बनाएर सेवा पु¥याउँदै आएको छ ।
सहकारीले ग्रामीणदेखि शहरी स्तरसम्म सदस्यहरूलाई आर्थिक रूपले सबल बनाउने, बैंकिङ पहुँच नपुगेका स्थानमा वित्तीय सेवा पुर्याउने, आपसी सहयोग तथा साझेदारीको भावनालाई मजबुत बनाउने काम गर्दै आएको नेपालले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |