

काठमाण्डौ । विगत चार महिनाको अवधिमा २ हजार ८५३ वटा विपद्का घटनाबाट १२६ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाखदेखि साउन मसान्तसम्म उक्त घटनामा परि १ सय २६ जनाको मृत्यु भएको छ भने ५ सय ८५ जना घाइते भएका छन् ।
त्यस्तै २३ जना बेपत्ता भएका छन् ।
विपद्का घटनामा ५ हजार ४१ परिवार प्रभावित भएका छन् । ४ महिनाको अवधिमा बाढीका २ सय १६, पहिरोका ३ सय १७, अत्यधिक वर्षाका २ सय २१, चट्याङका २ सय ४५, सर्पदंशका ७७ वटा घटना भएका छन् ।
त्यसैगरी आगलागीका १ हजार १ सय १४, डढेलोका १ सय ५८, हुरीबतासका २ सय ७७, जनावर आक्रमणका १ सय ७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेका २, असिना हुरी र अन्यका १र१ वटा विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।
filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |