

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले पालिकाभित्रका विद्यालय समायोजन तथा शिक्षक,कर्मचारीको सरुवा गरेको छ।
गएको साउन २९ गते बिहीबार बसेको शिक्षा समितिको बैठकले पालिकाको ९ वटा विद्यालय समायोजनसंगै २८ जना शिक्षक, १० जना सहयोगी कार्यकर्ता र ८ जना कार्यलय सहयोगीको सरुवा गर्ने निर्णय गरेको छ ।
नयाँ शैक्षिक सत्र शुरु भएको चार महिना पछि पालिकाले विद्यालय खारेज,शिक्षक सरुवा लगायतका निर्णय गरेको हो ।
समायोजन हुने विद्यालयहरुमा वडा नं २ को शान्ति आ.वि, कालिकादेवी आ.वि फाले र सरस्वती आ.वि बिस्टारी, वडा नं ३ को बराह आ.वि, वडा नं ५ अन्नपूर्ण आ.वि, वडा न.६ को समिटार आ.वि र वडा नं ७ को कालिका चामडाँडा, कालिका अमिलिछाप र भुमेश्वर आ.वि रहेका छन् ।
समायोजन भएका बिद्यालयका शिक्षकहरुलाई अन्य विद्यालयमा सरुवा गरिएको छ।
सरुवा भएका शिक्षक,कर्मचारीको विवरण (तस्विर स्रोत : केशव अधिकारी/पत्रकार)

त्यस्तै शिक्षा समितिको बैठकले बिद्यालय वर्गिकरण गरेको छ । वर्गिकरण अनुसार १–१२ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ५ वटा, १–१० कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ८ वटा, १–८ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ४ वटा, १–५ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ६ वटा, १–३ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ३ वटा र इसिडी कक्षा मात्रै सञ्चालन हुने बिद्यालय १२ वटा रहेको छ। समायोजनसँगै पालिका भित्र ३८ वटा विद्यालय रहेको छ ।
बिद्यालयको विवरण

यसैगरी वडा नं ७ मा रहेको जाल्पादेबी आ.बि भाल्डाडाको अभिभावकले शिक्षक सरुवा गरेको बिरोधमा बिद्यालयमा तालावन्दी गरेका छन् ।

जाल्पादेबीमा कार्यरत प्रा.शि. स्थायी शिक्षक सुमिना श्रेष्ठ घले र निमाशि राहत अङ्ग्रेजी शिक्षक कबिता रिजाल लाई दरबन्दी सहित अन्यत्र बिध्यालयमा सरुवा गरिएको भन्दै बिद्यालय वन्द गरिएको अभिभावकहरुले वताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |