

काठमाण्डौ । बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सरकारले आजदेखि स्वर्णप्राशन खुवाउन सुरु गरेको छ ।
खुवाइने २५ जिल्लाका आयुर्वेद अस्पतालबाट हरेक महिनाको पुष्य नक्षत्रका दिन स्वर्णप्राशन खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नयाँ आर्थिक वर्षसँगै २५ जिल्ला र आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी कार्यक्रम अघि बढेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।
विभागका निमित्त महानिर्देशक डा। श्यामबाबु यादवका अनुसार स्वर्णप्राशन परम्परागत रूपमा प्रयोग भए पनि आमबालबालिकाको हकमा प्रयोग गर्नका लागि वैज्ञानिक पुष्टिको खोजीपछि नेपाल सरकारले यो वर्षदेखि लागू गरेको हो ।
स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो ।
मह र घ्यू समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भए पनि महको दोब्बर घ्यूको मात्रा मिलाएर खाँदा आयुर्वेद अनुसार पनि स्वस्थकर हुने महानिर्देशक यादवले जानकारी दिनुभयो ।
छ महिना मुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने पनि विभागले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |