

काठमाण्डौ । अभ्यास खेलमा नेपालले लगातार दोश्रो जीत निकालेको छ ।
दोश्रो टी–२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई छ विकेटले हराएको छ । एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर दुई बलमा भेटायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए । एसीटीका इ रहेमानले दुई तथा एल इभान्स र डी दुबेले समान एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एसीटीले १७ ओभर दुई बलमा सबै विकेट गुमाएर ९६ रन मात्र बनायो । एन ब्रोसले सबैभन्दा धेरै १६ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र शहाब अलामले समान चार विकेट लिए ।
यस्तै गुलशनकुमार झा र रोहित पौडेलले समान एक विकेट लिए ।
यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो । टप इन्ड टी–२० शृङ्खलापछि नेपालले थप पाँच वटा अभ्यास खेल्न लागेको हो ।
टप इन्ड टी–२० शृङ्खलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले अस्ट्रेलिया भ्रमण गरेको हो । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |