

काठमाडौं । काठमाडौंको गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसबाट अवैध लागू औषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा, काठमाडौं तार्केश्वर मनमैजु बस्ने दाङ घोराही उपमहानगरपालिका-१० घर भएका ३२ वर्षीय निरोज कुँवर र काठमाडौं सामाखुशी बस्ने भक्तपुर सुर्यबिनायक नगरपालिका-६ घर भएका ३० वर्षीय सुभाष मिश्र रहेका छन् ।
रम्भादेवी गेस्ट हाउस अवैध लागुऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले ५० ग्राम खैरो हेराइनसहित तीन जनालाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटलको २०३ नम्बरको कोठा तलासी गर्ने क्रममा खैरो हेराइनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |