

धादिङ । सिद्धलेक गाउँपालिका–७ स्थित जाल्पादेवी आधारभूत विद्यालयले विद्यालय बन्द नरहेको जनाएको छ ।
गाउँपालिकाले जाल्पादेवीको दुई शिक्षक सरुवा गरेसँगै रिक्त भएको दरबन्दीमा नयाँ शिक्षक नियुक्ति गर्न बजेट सहितको स्वीकृति दिएपछि विद्यालयले अध्ययन अध्यापन सुचारु गरेको छ ।
गत भदौ १ गते विषयगत शिक्षक सरुवाको विरोधमा स्थानीय अभिभावकहरूले विद्यालय बन्द गरेका थिए । यस क्रममा विद्यालय बन्द भएको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो।
समस्या समाधानका लागि सोही वडाका वडाध्यक्ष सानो गिरीको पहलमा विद्यालय प्रशासन, शिक्षक र अभिभावकबीच छलफल भए पनि तत्काल निकास ननिस्केपछि पठनपाठन एक सातासम्म अवरुद्ध भयो ।
शिक्षा समितिको निर्णयअनुसार साउन २९ गते स्थायी शिक्षक सुमिना श्रेष्ठलाई महाकाली मावि र राहत दरबन्दीको अंग्रेजी शिक्षक कविता रिजाललाई बच्छलादेवी मावि सरुवा गरिएको थियो । अंग्रेजी विषयको शिक्षक दरबन्दी सहित सरुवामा अभिभावकले आपत्ति जनाएपछि विद्यालय प्रशासनले रमानापत्र रोकेको थियो ।
अभिभावकहरूले वैकल्पिक शिक्षकको व्यवस्था गर्नुपर्ने आवाज उठाएका थिए ।
अभिभावकले बिद्यालय बन्द गरेको बिषय सञ्चार माध्यममा आएपछी गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले भदौ ४ गते सञ्चारकर्मीलाई कार्यकक्षमा वोलाएर अपमानजक व्यवहार गरेका थिए ।
सोही बिषयमा पत्रकारका बिभिन्न संघ संगठनले भदौ ९ गते प्रेस बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए ।
पत्रकारको संघ संगठनको बिज्ञप्ति र बिभिन्न सञ्चार माधयममा समाचार आएपछि गाउँपालिका अध्यक्षको निर्देशनअनुसार विद्यालयले भदौ ९ गते सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै विद्यालय बन्द नरहेको जानकारी सार्वजनिक ग¥यो।
सरुवापछि रिक्त हुन आएको दरवन्दीको ठाउँमा गाउँपालिकाको श्रोतबाट पारिश्रमिक उपलव्ध गराउने गरी नयाँ दरवन्दीको पत्र बिद्यालयले पाएपछि विद्यालय वन्द नरहेको व्यहोराको पत्र तयार पारिएको स्रोतले बताएको छ ।
दरबन्दी स्वीकृत भएसँगै नयाँ शिक्षक नियुक्तिका लागि विज्ञापन प्रकाशन गर्ने तयारी भइरहेको विद्यालयका प्रधानाध्यापक हरिचन्द्र शर्माले जानकारी दिनुभयो ।
यस्तो छ,विद्यालयले जारी गरेको सूचना

यस विद्यालय तथा गाउँपालिकासँग सम्बन्धीत समाचारको लागि तलको लिंक क्लिक गर्नुहोस्
“सिद्धलेकमा ९ वटा विद्यालय समायोजनः २८ जना शिक्षकको सरुवासँगै विद्यालय वर्गीकरण (विवरण सहित)”
“पत्रकारलाई गाउँपालिका अध्यक्ष खतिवडाको धम्की, पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण (प्रेस विज्ञप्ति सहित)”
लिंक 👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |