

धादिङ । धादिङको थाक्रे गाउँपालिका-६ महादेववेशी बजारबाट करिब ५३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा र ५ सय ग्राम चरेशसहित दुई जना पक्राउ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय बिजय रोका र एक किशोर रहेका छन् ।
शुक्रबार राति प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले मकवानपुरबाट महादेववेशी बजारतर्फ आउँदै गरेको बा प्र ०३-००१ ह ८७९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |