

धादिङ । धादिङसहित देशभर आज प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदै छ।
यस निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ७५ हजारभन्दा बढी मतदाता कायम रहेका छन्।
जिल्लाभर कुल १०४ वडा, ११४ मतदान स्थल र ३१० मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले धादिङले जनाएको छ।
जिल्लामा कुल २ लाख ७५ हजार २८० मतदाता रहेका छन्। जसमा पुरुष १ लाख ४१ हजार १९ र महिला १ लाख ३४ हजार २५९ रहेका छन्।
तथ्याङ्क अनुसार पुरुष मतदाता संख्या महिलाभन्दा करिब ६,७६० बढी रहेको देखिन्छ।
स्थानीय तहअनुसार नीलकण्ठ नगरपालिकामा कुल ४५ हजार ३१६ जस्मा पुरुष २२ हजार ६०२ र महिला २२ हजार ७१४ जना रहेका छन् ।
थाक्रे गाउँपालिकामा कुल २७ हजार ७२५ जस्मा पुरुष १४ हजार ३४३ र महिला १३ हजार ३८२ रहेको छ।
धुनिबेसी नगरपालिकामा कुल २६ हजार ७०६ जस्मा पुरुष १३ हजार ८७६ र महिला १२ हजार ८३० रहेको छ।
ज्वालामुखी गाउँपालिकामा कुल २२ हजार ४९३ जस्मा पुरुष ११ हजार ४३१ र महिला ११ हजार ६२ रहेको छ।
गल्छी गाउँपालिकामा कुल २१ हजार ३३२ जस्मा पुरुष ११ हजार १२७ र महिला १० हजार २०५ रहेको छ।
बेनीघाट रोराङ गाउँपालिकामा कुल २१ हजार २६१ जस्मा पुरुष ११ हजार १६४ र महिला १० हजार ९७ रहेको छ।
त्रिपुरासुन्दरी गाउँपालिकामा कुल २० हजार ७२० जस्मा पुरुष १० हजर ३६० र महिला १० हजार ३६० रहेको छ।
सिद्धलेक गाउँपालिकामा कुल २० हजार ६७३ जस्मा पुरुष १० हजार ६१६ र महिला १० हजार ०५७ रहेको छ।
गजुरी गाउँपालिकामा कुल १८ हजार ९८९ जस्मा पुरुष १० हजार १७२ र महिला ८ हजार ८१७ रहेको छ।
गङ्गाजमुना गाउँपालिकामा कुल १८ हजार ६०१ जस्मा पुरुष ९ हजार ३५० र महिला ९ हजार २५० रहेको छ।
नेत्रावती डबजोंङ गाउँपालिकामा कुल १२ हजार १८८ जस्मा पुरुष ६ हजार १०३ र महिला ६ हजार ८५ रहेको छ।
खनियाबास गाउँपालिकामा कुल १० हजार ४ जस्मा पुरुष ५ हजार ९८ र महिला ४ हजार ९०५ रहेको छ।
यस्तै रुबीभ्याली गाउँपालिकामा कुल ९ हजार २७२ जस्मा पुरुष ४ हजार ७७७ र महिला ४ हजार ४९५ रहेको छ।
जिल्लामा सबैभन्दा बढी मतदाता नीलकण्ठ नगरपालिका मा रहेका छन् भने सबैभन्दा कम मतदाता भौगोलिक रूपमा दुर्गम मानिने रुबीभ्याली गाउँपालिका रहेका छन्।
जिल्लाको १०४ वडा मद्य सबैभन्दा बढी मतदाता भएको वडा नीलकण्ठ नगरपालिका–३ मा ४ हजार ३७५ मतदाता रहेका छन् ।
सबैभन्दा कम मतदाता भएको मतदान केन्द्र रुबीभ्याली गाउँपालिका–५ अन्तर्गत नेवेर मतदान केन्द्र मा जम्मा १८५ मतदाता रहेका छन् । file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |