

धादिङ। धादिङबेसीको तीनवटा डेन्टल क्लिनिक कारवाहीमा परेका छन् ।
बागमती प्रदेश स्वास्थ्य संस्था अनुगमन तथा नियमन प्राविधिक समितिको सिफारिसअनुसार जनस्वास्थ्य कार्यालय धादिङले सेवा सञ्चालनको अनुमति नलिई तथा आवश्यक दर्ता र अनुमतिपत्रबिना सेवा सञ्चालन गरेको पाइएपछि नियमअनुसार कारबाही गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो।
कारबाहीमा पर्नेहरुमा भैरबी दन्तो केयर नेपाल डेन्टल क्लिनिक, मानव डेन्टल होम र ओम मुक्तिनाथ डेन्टल होम रहेका छन्। तीनवटै संस्थालाई एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको पौडेलले बताउनुभयो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ भदौ २८ गते सूचना जारी गर्दै अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निवेदन दिन सार्वजनिक आह्वान गरेको थियो।
तर, जरिवानामा परेका तीनवटै डेन्टल क्लिनिकले तोकिएको अवधिमा निवेदनसमेत नदिई सेवा सञ्चालन गरिरहेको जनाइएको छ।
मन्त्रालयको २०८३ भदौ ११ गतेको बैठकको निर्णयअनुसार भदौ २८ गते जनस्वास्थ्य कार्यालय धादिङलाई ती संस्थालाई जरिवाना गर्न पत्र पठाइएको थियो।
संशोधित ऐन कार्यान्वयनमा आएपछि डेन्टल क्लिनिकहरूले अनलाइनमार्फत पेस गरेका कागजातका आधारमा जनस्वास्थ्य कार्यालय धादिङले २०८३ असार २४ गते अनुगमन गरी आवश्यक कारबाहीका लागि मन्त्रालयमा सिफारिस पठाएको थियो।
जरिवाना तिरेर आवश्यक कागजात र तोकिएको मापदण्ड पूरा गर्ने संस्थालाई आसयपत्र उपलब्ध गराई दर्ता प्रक्रियामा लैजान सकिने जनस्वास्थ्य कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |