धादिङ,१५ कात्तिक ।
धादिङको क्षेत्र नं २ को सत्ता गठबन्धनका साझा उम्मेदवार रामनाथ अधिकारीले गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको छ। मंगलबार धादिङको गंगाजमुना गाउँपालिका–३ स्थित गुम्दिमा आयोजित शुभकामना आदान प्रदान तथा अन्तक्रिया कार्यक्रममा बोल्दै अधिकारीले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको हो ।
उहाँले उत्तरी धादिङको विकासमा पूर्वाधारको जग बसालिसकेको भन्दै अब समग्र विकासको जिम्मा अब बन्ने गठबन्धनको सरकारले लिने बताउनुभएको छ ।
उत्तरी धादिङ संग आफूहरुसँग कसरी विकास गर्ने, विकासका लागि कुन कुन ठाउँमा पुग्नुपर्छ भन्ने अनुभव र क्षमता भएकाले गठबन्धन बाट विकास सम्भव हुने बताउनुभयो ।
नेपाली काँग्रेस धादिङका सभापति समेत रहेका अधिकारीले हरेक पालिकामा ३ वटा प्राविधिक शिक्षालय, हरेक वडा सम्म कालोपत्रे सडक, शिक्षा र रोजगार आफ्नो मुख्य एजेण्डा भएको बताउनुभयो।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै धादिङ क्षेत्र २ प्रदेश ख को सत्ता गठबन्धनका साझा उम्मेदवार जगत सिंखडाले उत्तरी क्षेत्रमा अघिल्लो कार्यकालमा केहि सुरुवात गरेको विकासका कामलाई पुरा गर्न आफनो उम्मेद्वारी रहेको बताउनुभयो ।
मतदाता भेटघाट तथा निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तर्गत मंगलबार अधिकारीले गंगाजमुना गाउँपालिका वडा नं. ३ को चिमचोक र पोखरा लगायतको क्षेत्रमा स्थानिय मतदातासंग भेटघाट गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेताहरु, माओवादी केन्द्र धादिङका नेताहरु र नेकपा समाजवादीका नेताहरुको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |