धादिङ,१५ कात्तिक।
नेकपा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनीले देश विकासका लागि एमाले र राप्रपाका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ ।
मंगलबार एमाले र राप्रपाको संयुक्त मतदाता भेटघाट अभियान अन्तर्गत खनियाबास गाउँपालिका–२ को आक्थलीमा भएको कार्यक्रममा बोल्दै लोहनीले नेपाली जनताको सुख दुःखको साथी भएकाले मंसिर ४ गते हुने निर्वाचनमा एमाले र राप्रपा धादिङका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो ।
उहाँले आफ्नो गाउँ ठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहन सक्ने उम्मेदवार छान्न आग्रह गर्नुभएको छ । समृद्धिको सपना पुरा गर्न आफु जनतामाझ आएको बताउनुभयो ।
कार्यक्रममा राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङले उत्तरी धादिङको विकासको लागि एमाले र राप्रपाबिच चुनावी तालमेल भएको भन्दै त्यहीअनुसार मत दिन मतदातालाई अनुरोध गर्नुभयोे । लोहनी र तामाङले आज खनियाबासको दार्खा, चौकी, अक्थली, गणेशकुण्ड लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनी, राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङ, रामहरी, शम्भु थापा लगाएतका एमाले र राप्रपाको टोलि सहभागिता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |