नेकपा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनीले नेकपा एमालेले नै लापाको विकासमा ध्यान दिएको बताउनुभयो ।
मतदाता भेटघाटका क्रममा एमालेउम्मेदवार लोहनीले विकास र समृद्धिका लागि एमालेलाईरोज्नुपर्ने बताउनुभयो । लापाको विकास, सामुदायिक भवन, सामुदायिक विकासका काम एमालेले मात्र गर्न गर्न सक्ने र यसका लागि एमालेले राप्रपासंग मिलेर विकास गर्ने बताउनुभयो।
लापाको खादिङ पुग्नु भएका एमाले र राप्रपाका उम्मेदवारहरुलाई गाउँबासीले भव्य स्वागत गरेका थिए । लोहनीको पहलमा लापाको कपुरगाउँमा अपांगमैत्री भवन, लापाका ३ विद्यालयहरु, धादिङबेसी तिप्लीङ सडक र अब लापामा सडक ल्याउने काम समेत गरिने लोहनीले गाउँबासी समक्ष प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लापा लगायतको रुबिभ्याली एकिकृत विकास परियोजना समेत ल्याएकोर यसलाई एमाले सरकार बनाएर एकिकृत विकास गरिने उहाँको भनाइ छ । प्रदेश सभाका राप्रपाका उम्मेदवार डम्बर तामाङले एमालेसंग मिलेर विकट गाउँको विकासमा आफू लागिरहने बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |