धादिङ,१८ कात्तिक।
धादिङ क्षेत्र नं. २ प्रतिनिधिसभाको सत्ता गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले धादिङलाई पर्यटन आकर्षणको केन्द्र बनाउने बताउनु भएको छ।
बिहिबार गंगाजमुना गाउँपालिकाद्धारा गंगाजमुना मेलाको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले अब बन्ने गठबन्धन सरकारले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको धादिङलाई पर्यटन आकर्षणको केन्द्र बनाउने बताउनुभएको हो ।
उहाँले गंगाजमुना झर्ना, कुकुर धारा लगायतको संरक्षण, आवश्यक पूर्वाधार निर्माण र प्रचारप्रसार जरुरी रहेको बताउनु भयो। कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमला, प्रदेश २ का उम्मेदवार जगत सिँखडा, नेकपा माओवादीका केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल, पूर्वसांसद धनबहादुर घले लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
गंगाजनमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |