नेत्रावती डबजोङ,१८ कात्तिक।
नेकपा एमालेले मात्र जनताको पिरमर्का बुझेर काम गर्ने धादिङ क्षेत्र नम्वर २ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार खेमप्रसाद लोहनीले बताउनुभएको छ ।
चुनावी अभियानको क्रममा आज नेत्रावती डबजोङ गाउँपालिकाको चौतारामा भएको मतदाता भेटघाट कार्यक्रम बोल्दै लोहनीले यस्तो बताउनुभएको हो । सो क्रममा लोहनीले गठबन्धनको नाममा विपक्षीहरुले गाउँमा भ्रम छर्दै हिडेको भन्दै त्यस्तो भ्रमको विश्वास नगरी आगामी निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन आग्रह समेत गर्नुभयो ।
धादिङको उत्तरी क्षेत्रको विकासको लागि नेकपा एमाले राप्रपाका विचमा सहकार्य गरिएको भन्दै उहाले विकास र समृद्धिका लागि पनि एमाले र राप्रपाका उम्मेदवारहरुलाई निर्वाचित गर्नुको विकल्प नभएको बताउनुभयो ।
‘दिगो विकास र शान्ति तथा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने क्रम शुरु भएको छ, यसलार्य नेकपा एमाले नेतृत्वको सरकारले पुरा गर्छ’ लोहनीले भन्नुभयो । सो कार्यक्रममा नेकपा एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी सोही कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्वर २ (क) का नेकपा एमालेका उम्मेदवार डा.रामकुमार अधिकारीले मतदातालाई सम्बोधन गर्दै जनताको मागको आधारमा विकासका काम गरेकोउल्लेख गर्दै निरन्तर जनताका लागि लागि रहने बताउनुभयो ।
यसैगरी धादिङ प्रदेश सभा क्षेत्र नम्वर २ (ख) का उम्मेदवार डम्बर बहादुर तामाङले पनि आज रुबीभ्याली गाँउपालिका स्थित सेर्तुङका विभिन्न बस्तीका मतदाताहरुसँग भेटघाट गर्नुभएको छ ।
मतदाता भेटघाट गर्ने क्रममा तामाङले उत्तरको विकासको लागि यसपटक प्रतिनिधि सभा तर्फ नेकपा एमालेलाई र प्रदेश सभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने बताउनुभयो । उहाले गठबन्धनको आश्वासनमा नपरी ढुक्क भएर मतदान गर्न पनि सबै मतदाताहरुलाई आग्रह गर्नुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |