कलंकी,२० कात्तिक ।
धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले नेकपा एमालेले जनताको जनताको आवाज सम्बोधन गर्नु पर्ने बताउनुभएको छ।
धादिङ काठमाण्डौसम्पर्क मञ्चद्वारा कलंकीमा कार्यकर्ता तथा मतदाताहरुलाई सम्बोधन गर्दै एमाले केन्द्रीयसदस्य समेत रहनुभएका एमाले उम्मेदवार लोहनीले एमालेले जित्यो भनेमात्र नेपाल र नेपालीको हित हुने बताउनुभयो ।
देश जोगाउन एमालेले जित्नुपर्ने बताउँदै पार्टीभित्रको आन्तरिक विषयलाई पन्छाएर चुनावमा एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपासंगको तालमेल गरेर अघि बढेको एमालेले संघीय निर्वाचन र प्रदेशसभा १ मा राप्रपाले एमालेलाई सघाउने छ भने धादिङ क्षेत्रनम्बर २ को प्रदेश सभा २ मा एमालेले राप्रपालाई सघाउने छ । संयुक्त रुपमा मतदाता भेटघाट समेत गरिरहेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |