धादिङ,२० कात्तिक ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले कांग्रेसले उम्मेदवार चयनमा भुल गरेको बताउनुभएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि टिकट वितरण प्रक्रियामा केन्द्रको नेतृत्वले धादिङको भुगोल अनुसार र जनताको रोजाई अनुसारको उम्मदवार छनोट गर्न नसकेको बताउनुभयो ।
आईतबार दामन पाख्रिन स्मृति प्रतिष्ठान दिवसको अवसरमा उत्तरी धादिङको किन्ताङफेदीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले नेपाली काग्रेस पार्टीमा आफ्नो तिन पुस्ताको लगानी रहेको भन्दै नेतृत्वले समयमा नै सोचेर,बुद्धि पु¥याएर टिकट बितरणमा भएको अन्याएबारे नसच्चिएमा त्यसको हिसाव किताव हुने बताउनुभयो ।
उहाँले नेताहरुको आफुहरु खेलौना मात्र नभएको भन्दै नेपाली काग्रेस प्रति माया स्नेह रहेको बताउनुभयो । उहाँले आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्र रहेको भन्दै धादिङका आदिबासी जनजातीहरुकोे ढुकढुकी बन्न आफु सफल भएको बताउनुभयो ।
पाख्रिन २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सभासद बनेका थिए भने २०७४ सालमा राज्यमन्त्री समेत बनेका थिए।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |