मैदी,२३ कात्तिक ।
नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको मागको आधारमा विकासका काम गरेको बताउनुभएको छ ।
बुधबार धादिङको ज्वालामुखी गाउँपालिकाको मैदीमा नेकपा एमालेको तर्फबाट भएको चुनावी कार्यक्रम तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार डा.अधिकारीले अघिल्लो पाँच बर्षे कार्यकालमा जनताको मागको आधारमा विकासका काम गरेको उल्लेख गर्दै निरन्तर जनताकालागि लागि रहने बताउनुभएको हो ।
डा.रामकुमार अधिकारीले सम्पूर्ण धादिङबाशीको समृद्धिको सपना साकार पार्न, अधुरो र अपूर्ण विकास विकास पूर्ण बनाउन, निष्ठा र आदर्शको राजनितिलाई प्रवद्र्धन गर्नको लागि यसपटक पनि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।उहाँले गठबन्धनको आश्वासनमा नपरी ढुक्क भएर एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।
भेटघाटका क्रममा मतदाताहरुले उम्मेदवार चुनाबपछि पनि गाँउ आएर विकासको बारेमा छलफल गर्न आग्रह गरेका छन् ।उहाँले बुधबार ज्वालामुखी गाउँपालिका वडा नं १, २, र ३ को बिभिन्न क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनी, एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |