पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारदेखि हक्की खेल सुरु गर्ने तालिका थियो । तर खेल्ने मैदान नै टुंगिएन । जसकारण खेल स्थगित भएको छ ।
बिहीबार हुने खेलको मैदान बुधबारदेखि तयारी थालियो । आवश्यक व्यवस्थापन समयमा पूरा नभएपछि बिहान ७ बजे गर्ने भनिएको महिला हक्कीको खेल अनिश्चित भयो । आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ । ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन् । जर्सी पाएपछि मात्रै खेलाडी मैदान जान्छन्,’ नेपाल हक्की एसोसिएसनका निर्देशक अशिम श्रेष्ठले भने, ‘खेलकुद निकै फितलो भइरहेको छ । व्यवस्थापन चुस्त छैन ।’
हक्की मात्रै होइन, फेन्सिङ खेलको पनि उस्तै दुर्दशा भयो । सोमबारदेखि सुरु भएको फेन्सिङ खेल सामग्री समयमा नपाएकै कारण प्रभावित भयो । पोखरा रंगशाला परिसरभित्रको ब्याड्मिन्टन हलमा सोमबारबाट फेन्सिङको प्रतियोगिता अत्यन्तै अस्तव्यस्त रूपमा सुरु भयो ।
बिहानै गर्ने भनिएको प्रतियोगिता खेलाउने ठाउँ नपाएर ढिलो गरी सन्चालन गरिएको थियो । ‘ब्याड्मिन्टनको हलमा प्रतियोगिता गर्न भनियो । न ब्यानर छ, न खेलाडीलाई सामग्री छ,’ फेन्सिङ संघका पदाधिकारीले भने, ‘मिनेटैपिच्छे बत्ती गयो । जेनेरेटर पनि छैन ।’ शुक्रबारदेखि नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुँदै छ । तर अधिकांश खेलकुदका लागि सामग्री पाएका छैनन् । खेलाडीले खेल्ने ठाउँ र जर्सीसमेत पाउन नसकेको गुनासो गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |