नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो ।
सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ११ टिमबाट तीन पुरुष र तीन महिलाले प्रतियोगितामा सहभागिता जनाएका छन् । ६ स्पर्धाको खेल हुने खेलमा १८ पदकको टुंगाे लाग्नेछ । जसमा क्लासिकल, रेपिड र ब्लीट्ज स्पर्धाका खेलहरू सञ्चालन हुने छन् ।
गोरखा क्याम्पसमा बिहीबारबाट सुरु भएको बुद्धिचाल प्रतियोगिता २ कात्तिकसम्म सञ्चालन हुने छ । पहिलो दिन भएको क्लासिकल तर्फको खेलमा प्राय: शीर्ष खेलाडीहरूले जित हात पारे ।
खुलातर्फ फिडे मास्टर रूपेश जयसवाल र क्षितिज भण्डारीले जित हात पारे । पहिलोतर्फ पनि डब्लु एफएम सुजना लोहनीले जित हात पारे । रूपेशले लेखबहादुर थापा तथा क्षितिजले विश्वविजय घिमिरेलाई हराए । यसैगरी सुजनाले मार्सल तामाङलाई हराइन् । प्रतियोगिताको बलियो खेलाडी मानिएका आर्मीका मिलन लामा प्रदेश-२ का मनोज विकेसँग बराबरीमा रोकिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |