

धादिङ,०३ कात्तिक।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर दौडमा बागमतीका लागि धादिङकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।
पोखरा रंगशाला एथलेटिक्स ट्र्याकमा ५ हजार मिटर दौडमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य पूरा नभए पनि स्वर्ण जित्न सफल भईन । चोटसँग जुध्दै नवौं राष्ट्रिय खेलकुदमा आफूले सहभागिता जनाएको दुवै विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।
१० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी सन्तोषीले बुधबार ५ हजार मिटरमा कीर्तिमानी प्रयास गरे पनि खुट्टा र शरीरले साथ नदिएको बताइन्। राष्ट्रिय कीर्तिमान लक्ष्यसहित दौडिएकी सन्तोषीले सोचेजस्तो समय निकाल्न नसकेको बताइन् । चोटकै कारण दुखाइबीच दौड छाड्नेसम्म मनस्थिति बनाएकी उनले कीर्तिमानभन्दा दौड पूरा गर्ने निर्णय गरिन् । दौडिन् र स्वर्ण जितिन् ।
‘खेलको सुरुमा एकदम दुखाइ भइरहेको थियो,’ उनले भनिन्, ‘दौडन सक्दिनँ भन्ने लागेको थियो । दौड छाड्नुपरेन,त्यसैले बुटलाई ढोगें ।’
‘तीन ल्याप दौडिएपछि एकछिन त दौडिन नै छाडौंजस्तो भएको थियो ।
तर, अब रेकर्डभन्दा दौड पूरा गरौं भन्ने लाग्यो । गुरुसँगको सल्लाहमा नै दौडिएको सुनाउँदै उनले थपिन्, ‘खुट्टामा भएको घाउको दुखाइ बढ्दै गएपछि दौड रोक्न मन लागे पनि बिहानै रघुराज वन्त गुरुले मोबाइलमा पठाएको म्यासेजले दौड छाड्न मन लागेन । १० हजारको फलो गर्दै दौडिएको थिएँ । त्यसको अघिल्लो राति सुत्न सकेको थिइनँ । ५ हजार मिटरमा दौडन सक्छुजस्तो लागेको थिएन ।’उनले भनिन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |