धादिङ,२३ फागुन
आजदेखी १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदैँ छ ।
धादिङ खेलकुद विकास समितिको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा आजदेखी फागुन २५ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौँदी खेलमैदानमा हुने रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन आज बिहान ११ बजे बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुहुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
जिल्लाका १३ वटै पालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि खेलाडी छनोट गरेपनि नेत्रावती डवजोङ र गंगाजमुना गाउँपालिका सम्पर्कमा नआएको तामाङले बताउनुभयो ।
४२ स्वर्ण पदका लागि हुने खेलमा भलिबल, कबड्डी, एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कँराते, तेक्वान्दो लगायतका खेलहरू हुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतियोगितामा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्र/छात्राहरुले भाग लिन पाउने छन् ।जिल्लाबाट छनोट भएकमा खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् ।
यसअघिको ११ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धुनीबेसी नगरपालिकाले जितेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |